• Tuesday 6th of October 2026

कार लिएर भाटभटेनी पुगेका ईशान, १६ सयको सामान किन्दा नक्कली भारतीय नोट दिएपछि पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। मोरङको विराटनगरबाट नक्कली भारतीय नोटसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले नक्कली भारतीय नोटसहित सुनसरी हरिनगरा गाउँपालिका-६ बस्ने ३४ वर्षीय ईशान अन्सारीलाई पक्राउ गरेको हो।

अन्सारीले विराटनगर-६ स्थित भाटभटेनी सुपरमार्केटबाट १ हजार ६०० रुपैयाँ बराबरको विभिन्न सामान खरिद गरेका थिए। उनले सामान खरिद गर्न भारतीय नोट दिएका थिए। ती नोट सबै नक्कली भएको खुलेपछि उनलाई पक्राउ गरिएको हो।

प्रहरीले उनीबाट ५०० दरको ७ थान र २०० दरको २० थानको नोट बरामद गरेको छ। वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नोट र उनले प्रयोग गरेको बा१६च ७६१३ नम्बरको कारसहित पक्राउ गरेको हो।

प्रहरीले नक्कली नोट प्रकरणबारे थप छानबिन भइरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖