• Sunday 4th of October 2026

जानी राखौ मुटु बचाउने ७ तरिका


  • धनकुटा खबर
  • .

१. कम्तिमा सात घन्टा सुतौँ :

हरेक रात कम्तिमा सात घन्टा सुतौँ । कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ ।

२. आफ्नो रक्तचाप जानी राखौँ :

रक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ । उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ । १२०/८० देखि १३०/८५ को रक्तचापलाई उच्च मानिदैन । रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु राम्रो हो ।

३. सेकेन्डह्यान्ड धुँवाबाट बचौँ :

अरूले खाएको धुँवाले पनि तपाईंलाई उत्तिकै असर गरिरहेको हुन्छ । चुरोट खाएको वरिपरि एक घन्टासम्म बस्नाले दिनको दुईदेखि चारवटा चुरोट खाए समान हानि पु¥याउँछ । धूम्रपान यसै पनि मुटुरोगको एउटा कारण हो ।

४. दैनिक ३० मिनेट हिँडौँ :

व्यायामले मानिसको आयु बढाउन मद्दत गर्छ । साथै, व्यायामले मुटुको धड्कन हरेक दिन राम्रोसँग चलाउन पनि मद्दत पु¥याउँछ । बुढोपना शरीरमा नदेखिनु त यसको प्रत्यक्ष फाइदा भइहाल्यो । त्यसैले दिनको कम्तिमा ३० मिनेट हिँडेर भए पनि स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ ।

५. हप्ताका एक दिन माछा खाऔं :

माछामा पाइने ‘ओमेघा–३’ तेलले मुटु र धमनीको चाललाई चुस्त राख्छ । यसमा पाइने प्रोटिनले मान्छेको मुटुलाई सबैभन्दा धेरै फाइदा गर्ने अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖