• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कंगोमा जेलब्रेकका दौरान १५० भन्दा बढी महिला कैदीको बलात्कारपछि हत्या


  • धनकुटा खबर
  • .

कंगो । गत हप्ता डेमोक्रेटिक रिपब्लिक अफ कंगो भएको जेलब्रेकका दौरान १५० भन्दा बढी महिला कैदीको बलात्कारपछि जलाएर हत्या गरिएको संयुक्त राष्ट्रसंघ (यूएन)का प्रवक्ताले जानकारी दिएका छन् । गोमा रहेको कारागारमा जेलब्रेकका दौरान भगौडा पुरुष कैदीहरू आगजनी गरेका थिए ।

यूएन मानव अधिकार कार्यालयका प्रवक्ता सेफ मागांगोले सीएनएनलाई दिएको जानकारी अनुसार भगौडा पुरुष कैदीबाट बलात्कृत भएका १६५ जना महिला कैदीमध्ये धेरै आगजनीमा मारिएका हुन् । बलात्कृत भएका ९ देखि १३ जना महिला कैदीमात्र बाँच्न सफल भएका छन् ।

विद्रोही र कंगोको सैनिकबिच गोमा सहरको नियन्त्रणका लागि भिडन्त चलिरहँदा गत जनवरी २७ मा पुरुष कैदीहरूले जेलब्रेकको योजना बनाएका थिए । त्यो दिन करिब ४ हजार कैदी फरार भएका थिए भने केही भने सुरक्षाकर्मीको गोली लागेर मारिएका थिए ।

कंगोका सञ्चारमन्त्री प्याट्रिक मुयायाले पनि १६५ जना महिला कैदीको बलात्कार भएको पुष्टि गरे । उनले यस बर्बर अपराधको भर्त्सना गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖