काठमाडौँ – अमेरिकाबाट डिपोर्ट भएका नेपालीसहित विभिन्न देशका नागरिकहरु अमेरिकासहित क्यानडा, न्यूजिल्याण्ड, अष्ट्रेलिया र बेलायत लगायत २० देशहरूमा जान नपाउने भएका छन् । अध्यागमनबाट फिर्ता भएका र अमेरिकी सैन्य विमानमार्फत फर्किएकाहरुलाई २० देश प्रवेशमा प्रतिवन्ध लगाएको छ ।
भविष्यमा उनीहरूले वैध कागजातहरू लिएर अमेरिका जाने प्रयास गरे पनि भिसा पाउने छैनन्। अमेरिका मात्र नभएर क्यानडा, न्यूजिल्याण्ड, अष्ट्रेलिया र बेलायत लगायत अन्य २० देशहरूमा जान सक्नेछैनन्। यी २० देशले अमेरिकाको भिसा नीति पालना गरेका छन्।
यो अमेरिकी सैन्य विमान भारतीय समय अनुसार फेब्रुअरी ४ मा बिहान ३ बजे अमेरिकाको सान एन्टोनियोको लागि प्रस्थान गरेको थियो। अमेरिकाले आप्रवासीहरूलाई पठाउन सैन्य विमान प्रयोग गरेको यो पहिलो पटक हो।
यसअघि, विभिन्न रिपोर्टहरूले अमेरिकाले देश निकालाको लागि कुल २०५ अवैध भारतीयहरूलाई पहिचान गरेको दाबी गरेको थियो। देश निकाला गरिने १८६ भारतीयहरूको सूची पनि सार्वजनिक गरिएको थियो। बाँकी मानिसहरू कहाँ छन् र कहिले देश निकाला गरिनेछ भन्ने कुरा अझै स्पष्ट छैन।
अहिले डिपोर्ट भएका अधिकांस भारतिय भएपनि नेपाल लगाएत अन्य देशबाट डिपोर्ट भएकाहरुका हकमा पनि एउतै अध्यागमन नीति लागउने हुने भएकाले डिपोर्ट हुने नेपालीहरुलाई पनि यही नियम लागु हुने चर्चा छ।
