• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दिल्ली चुनाव: भाजपा ४८ सिटमा अगाडि, केजरीवाल २५४ मतले अघि


  • धनकुटा खबर
  • .

दिल्ली विधानसभा चुनावको मतगणना जारी छ।

सुरुवाती परिणाममा भाजपा ४८ सिटमा अगाडि छ र आम आदमी पार्टी (आप) २० सिटमा अगाडि छ।

कंग्रेस १ सिटमा अगाडि छ। यसको अर्थ भाजपाले सुरुवाती नतिजामा बहुमतको आँकडा पार गरेको छ।

नयाँ दिल्ली सिटबाट आम आदमी पार्टी (आप) का अरविन्द केजरीवाल २५४ मतले अगाडि छन्। पहिले केजरीवाल पछाडि परेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार कालकाजी सिटमा मुख्यमन्त्री आतिशी अझै पछाडि परिरहेकी छन्। जंगपुरामा मनीष सिसोदिया र पटपडगंजबाट अवध ओझा अगाडि छन्। पहिले उनीहरू पनि पछि परेका थिए।

फेब्रुअरी ५ मा दिल्लीका ७० सिटका लागि भएको निर्वाचनमा ६०.५४ प्रतशित मतदान भएको थियो।

दिउँसो १२ बजेसम्म दिल्लीमा कसको सरकार बन्छ भन्ने कुरा स्पष्ट हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖