• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दिल्ली विधानसभा चुनाव : अरविन्द केजरीवाल पराजित


  • धनकुटा खबर
  • .

काठमाडौं । दिल्ली विधानसभा चुनावमा पूर्व मुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पराजित भएका छन् ।

उनी भाजपाका प्रवेश वर्मासँग पराजित भएका हुन् ।

केजरीवाल वर्मासँग झन्डै चार हजार मतान्तरले हारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । काङ्ग्रेसका सन्दीप दीक्षितले ३८७३ मत मात्र पाएका छन् ।

तर, निर्वाचन आयोगले यसबारे आधिकारिक रुपमा घोषणा भने गरेको छैन ।

यसअघि पूर्व उपमुख्यमन्त्री तथा आम आदमी पार्टीका चर्चित नेता मनीष सिसोदिया पराजित भएका छन् । सिसोदिया भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् ।

दिल्लीमा ७० विधानसभा सिट छ र कुनै पनि दललाई सरकार बनाउन ३६ सिट चाहिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖