• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

केजरीवालको हारलगत्तै दिल्ली मुख्यमन्त्रीको सचिवालयमा मोदीले गराए सिल


  • धनकुटा खबर
  • .

दिल्ली । आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरीवालले चुनाव हारेपछि दिल्लीमा हलचल मच्चिएको छ । त्यसलगत्तै नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले दिल्लीका मुख्यमन्त्रीको सचिवालयमा सिल गरेको छ ।

दिल्ली सरकारको दस्तावेज सुरक्षित राख्नका लागि केन्द्रीय सरकारले त्यसलाई सिल गरिएको बताइएको छ ।

दिल्लीका मुख्यमन्त्रीको सचिवालयमा सञ्चारकर्मी बाहेक कसैलाई जान दिइरहेको छैन । अहिले पनि आप पार्टीको तर्फबाट आतिशी मुख्यमन्त्री छिन् ।

अर्को मुख्यमन्त्री भाजपाबाट बन्ने निश्चित भएपछि नरेन्द्र मोदी नेतृत्वको सरकारले त्यसलाई सिल गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖