• Monday 5th of October 2026

महिनावारीको बेला यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन ? डा. गरिमा श्रेष्ठको स्पष्ट जवाफ


  • धनकुटा खबर
  • .

महिनावारीको समयमा यौन सम्पर्क राख्न नमिल्ने भन्ने धारणा प्रचलित छ। महिला स्वास्थ्य विशेषज्ञ डा. गरिमा श्रेष्ठ भने महिनावारीको समयमा यौन सम्पर्क राख्न मिल्ने तर्क गर्छिन्। उनका अनुसार, महिनावारीको बेला यौन सम्पर्क राख्न निषेध छैन। तर, केही सावधानी अपनाउनु पर्छ।

डा. श्रेष्ठ भन्छिन्, ‘महिनावारीको बेलामा यौन सम्पर्क राख्न मिल्छ, तर महिलाले आफ्नो स्वास्थ्यको अतिरिक्त ख्याल राख्नुपर्छ। यस समयमा रक्तस्राव बढ्न सक्छ र महिनावारीको दुखाइ पनि वृद्धि हुन सक्छ।’ उनका अनुसार, महिनावारीलाई ‘सुरक्षित अवधि’ मान्न मिल्दैन, किनभने अण्डोत्सर्ग (ओभ्युलेसन) कहिले हुन्छ भन्ने थाहा हुँदैन। गर्भ रहन नदिन कन्डम वा अन्य गर्भनिरोधक उपाय अपनाउनु उत्तम हुन्छ।

उनले महिनावारीको समयमा यौन सम्पर्क सुरक्षित हुन्छ भन्ने कुराको भ्रम पनि उजागर गरेकी छिन्। ‘ओभ्युलेसनको समय अनुमान गर्न कठिन हुन्छ, त्यसैले कुनै पनि समयलाई सेफ पिरियड भन्न सकिँदैन’, डा. श्रेष्ठले थपिन्। महिलाहरूलाई आफ्नो शरीर र स्वास्थ्यको बारेमा बढी सचेत हुन प्रेरित गर्नुका साथै, यौन स्वास्थ्य र प्रजनन स्वास्थ्यको विषयमा समाजमा बढी खुला र शिक्षित छलफलको वातावरण बनाउने अपेक्षा पनि गरिएको छ। यसलाई लिएर सामाजिक सञ्जालमा अलग-अलग प्रतिक्रिया आइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖