• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दिल्लीकी मुख्यमन्त्री आतिशीले दिइन् राजीनामा


  • धनकुटा खबर
  • .

दिल्ली । दिल्लीकी मुख्यमन्त्री आतिशीले पदबाट राजीनामा दिएकी छन् ।

आतिशीले आइतबार राजनिवासमा पुगेर उपराज्यपाल वीके सक्सेनालाई राजीनामा पत्र बुझाएकी हुन् । राज निवास दिल्लीले यसबारे जानकारी दिएको छ ।

राज निवासले एक्समा लेखेको छ, “माननीय उपराज्यपाल वीके सक्सेनाले माननीय मुख्यमन्त्री आतिशीको राजीनामा स्वीकृत गर्नुभयो। उपराज्यपालले आतिशीलाई नयाँ सरकार गठन नभएसम्म पदमा रहन आग्रह गर्नुभयो।”

दिल्ली विधानसभा चुनाव २०२५ मा भाजपाले ४८ सिट जितेको छ भने आम आदमी पार्टी २२ सिटमा झरेको छ ।

२७ वर्षपछि दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले पूर्ण बहुमत प्राप्त गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖