• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अवैध आप्रवासीमाथि अरु कडाई गर्न स्थानीय प्रहरीलाई नयाँ अधिकार दिँदैछन् ट्रम्प


  • धनकुटा खबर
  • .

वासिङटन डीसी । अमेरिकी राज्य इन्डियानाको ह्यामिल्टन काउन्टीका प्रहरी अधिकारीहरूले अब अवैध आप्रवासीहरूको पहिचान र गिरफ्तार गर्न नयाँ अधिकार पाउन सक्ने भएका छन् ।

डोनाल्ड ट्रम्पको प्रशासनले बाराक ओबामाको पालामा बन्द गरिएको पुरानो कार्यक्रम फेरि सञ्चालनमा ल्याएर स्थानीय प्रहरीलाई यस्तो अधिकार दिन लागेका हुन् ।

के हो २८७ (जी) कार्यक्रम ?
यो एउटा पुरानो संघीय कार्यक्रम हो । यसले स्थानीय प्रहरीलाई अवैध आप्रवासीहरूको अनुसन्धान गर्न र हिरासतमा राख्न अनुमति दिन्छ । यो कार्यक्रम १९९६ मा सुरु भएको थियो । तर ओबामा प्रशासनको समयमा यसलाई सीमित पारियो । स्थानीय प्रहरी अधिकारीहरूले समेत अवैध आप्रवासीलाई पनि पक्राउ गर्ने अधिकार पाउन भनेर ट्रम्प प्रशासनले यसलाई अझ विस्तार गर्ने योजना बनाइरहेको छ ।

आफूहरू यस कार्यक्रममा पक्कै संलग्न हुने ह्यामिल्टन काउन्टीका प्रमुख उप जोन लोव्सले भने । आफ्नो समुदायलाई सुरक्षित राख्न अध्यागमन र भन्सार प्रवर्तनसँग सहकार्य गर्न चाहेको उनको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖