• Tuesday 6th of October 2026

पेन्टीभित्र ब्राउनसुगर ल्याउने बुद्धशान्ति र शिवसताक्षीका युवा पक्राउ


  • धनकुटा खबर
  • .

झापा । भारतबाट पेन्टीभित्र ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुद्धशान्ति र शिवसताक्षीका युवा छन् । आइतबार दिउँसो भारतको पानीटंकीबाट मेची पुलहुँदै नेपालतर्फ आउँदै गर्दा बुद्धशान्ति ४ का ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका ७ का ४२ वर्षीय अमृत श्रेष्ठ पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका थेवे र उनका साथी श्रेष्ठलाई शंका लागेर चेकजाँज गर्दा थेवेले लगाएको पेन्टीको इलास्टिकभित्र लुकाएर ल्याउँदैं ४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖