• Tuesday 6th of October 2026

स्टाफसँगै जंगलमा ‘डेटिङ’ गएका हाकिमकी बुढी के भन्छिन् ? भएको यस्तो रहेछ


  • धनकुटा खबर
  • .

काठमाडौं: स्वास्थ्यका हाकिमलाई उनकै कर्मचारीसँग डेटिङ गएको अवस्थामा फेला पार्ने पत्नीले मुख खोलेकी छिन्। झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमती आएकी थिइन्।

केही दिनअघि नगरमा कार्यरत सिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा फेला पारेपछि बबाल भएको थियो।

तर, हिजो(शनिबार) भने हाकिमकी पत्नी प्रतिमा कोइराला बस्नेतले उक्त दिन आफू अवेशमा आएको र मिडियामा आएको जस्तो डेटिङ नभएको बताएकी छिन्। आफूले सो दिन आवेशमा आएर श्रीमानसँग भेटिएकी युवतीलाई नानाथरी गाली गरेको भन्दै उनले आत्मअलोचना गरेकी छिन्। उनले एक भिडियोमा श्रीमान र उनकै महिला कर्मचारी भेटिएको स्थल जंगल नभई हाइवेको छेउ भएको समेत बताएकी छिन्।

यस्तै महिला कर्मचारीसँग आफ्नो लेनदेन रहेको र सडक किनारामा बसेर छलफल गरिरहेको समयमा कसैले श्रीमतीलाई उक्साएर घटना भएको बस्नेतले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖