• Tuesday 6th of October 2026

जसले शाहरूखलाई कुरुप भनेका थिए, उनले बनाईदिए ‘किंग अफ रोमान्स्


  • धनकुटा खबर
  • .

मुम्बइ, २९ माघ । शाहरुख खान उमेरको यो चरणमा पनि उद्योग र जनताको मनमा राज गरिरहेका छन् । उनी सामाजिक सञ्जाल र घटनाक्रममा निकै सक्रिय छन्, जसका कारण फ्यानलाई उनको जीवनसँग जोडिएको नयाँ नयाँ अपडेट प्राप्त भइरहन्छ ।

तर, के तपाईलाई थाहा छ उनको करियरको सुरुमा एक निर्देशकले उनलाई ‘कुरुप’ भनेका थिए । यसको खुलासा शाहरुख खान आफैले गरेका छन् । तर, उनी त्यही निर्देशक थिए, जसका कारण शाहरुख पछि ‘किंग अफ रोमान्स’ भनेर संसार भरी कहलिए ।

एक पटक शाहरुख फिल्म फेस्टिभलमा सहभागी भएका थिए, जहाँ उनले यसैसँग सम्बन्धित कथा सेयर गरेका छन् । सुरुमा उनले उक्त निर्देशकको नाम लिन नचाहेको बताएका थिए तर पछि शाहरूखले उनको नाम पनि खुलाएका थिए । वास्तवमा उहाँ अरु कोहि नभई यशराज चोपडा थिए ।

 

यसको खुलासा गर्दै शाहरुख खानले भनेका थिए,  ‘उहाँ (यशराज) ले मलाई मेरो बारेमा सबैभन्दा राम्रो कुरा भनेका थिए कि तिमी ‘कुरूप’ छौ किनभने अरू नायकहरू चकलेट केटा जस्तै देखिन्छन् तर तपाईं त्यस्ता देखिनु हुन्न।’

 

‘त्यसपछि मैले कुरूप देख्दा ठिकै छ, अब आफूलाई मिल्ने भूमिका खेल्छु’ भनेँर जवाफ दिए । 

 

‘त्यस पछि म डराए तर, डरको सुटिङ सकिएपछि यशराजजीले मलाई तिमी त्यति कुरुप पनि देख्दैनौं, त्यसैले म तिमीलाई प्रेमकथामा कास्ट गर्न चाहन्छु भन्नुभयो । त्यो प्रेमकथा अरु कोहि होइन, ब्लकबस्टर फिल्म थियो – दिलवाले दुल्हनिया ले जायेंगे ।

 

यस फिल्मपछि शाहरुखले धेरै रोमान्टिक फिल्महरू गरे, जसबाट उनलाई ‘किंग अफ रोमान्स’ भनिन थालियो । आज पनि उनलाई यो पात्रमा मानिसहरुले निकै मन पराउँछन् ।

 

‘डीडीएलजे’ पछि शाहरुखले  ‘दिल तो पागल है’,  ‘कुछ कुछ होता है’,  ‘कभी खुशी कभी गम’, ‘वीर जरा’, ‘मोहब्बतें’, ‘देवदास’, ‘स्वदेश’, ‘कभी अलविदा न कहे’ जस्ता धेरै रोमान्टिक प्रेम कथामा काम गरिसकेका छन् । जसका कारण बलिउडले उनलाइ ‘किंग अफ रोमान्स’को उपाधी दिएको थियो ।

शाहरुख खान पछिल्लो पटक तापसी पन्नुसँग फिल्म ‘डंकी’ मा देखिएका थिए । फरक विषयमा बनेको यो फिल्म तपसीसँग उनको रोमान्टिक एङ्गल देखिएको थियो । अब किंग खान अर्को फिल्म ‘किंग’ लिएर आउँदैछन्, जसमा उनकी छोरी सुहाना र अभिषेक बच्चन मुख्य भूमिकामा देखिने भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖