• Tuesday 6th of October 2026

शारीरिक मिलनमात्रै विवाह होइन रहेछ :गायिका एलिना चौहान


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका एलिना चौहान र पति विष्णु सापकोटाको सम्बन्ध विच्छेद भएको छ । मंगलबार गायिका चौहानले औपचारिक रुपमै पतिसँग सम्बन्ध विच्छेद भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

आजबाट आफू स्वतन्त्र भएर आफ्नो गन्तव्य तय गर्ने बाटो खुलेको उनले उल्लेख गरेकी छन् । उनले पत्नीका रुपमा अधिकारले पाउने सम्पत्ति पनि विष्णुकै प्रगति र उन्नतिका लागि छोडेको बताएकी छिन् ।

चौहानले पति विष्णु सापकोटासँग डिभोर्सका लागि माघ १८ गते मुद्दा दर्ता गरेकी थिइन् । उनले अंश वा माना चामल नलिने सर्तमा सम्बन्ध विच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖