• Tuesday 6th of October 2026

गौशालामा धारिलो हतियार प्रहारबाट एक जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंको गौशालामा धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन्।

घाइते हुनेमा कोटेश्वर बस्ने ३८ वर्षीय साविर हुसेन छन्। दुई जना व्यक्ति आएर उनीमाथि धारिलो हतियार प्रहार गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।
घटनास्थलबाट पेस्तोल र धारिलो हतियार बरामद भएको प्रहरी प्रवक्ता कुमोध ढुंगेलले बताए।

‘गोली नचलेर चक्कुले हिर्काएको हो कि भन्ने आशंका छ’, उनले भने।

घाइतेलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो। थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

विदेशबाट आएका व्यक्तिले हुसेनमाथि धारिलो हतियार प्रयोग गरेका प्रहरीले जनाएको छ।

उनीमाथि के कारणले प्रहार गरियो यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖