• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एक अमेरिकन शिक्षक, जो रुसवाट रिहा भए लगत्तै ट्रम्पले हवाइट हाउसमा भेटे


  • धनकुटा खबर
  • .

वासिंगटन डिसी, १ फागुन । सन् २०२१ मा चिकित्सकीय रूपमा सिफारिस गरिएको गाँजा बोकेको आरोपमा रुसमा पक्राउ परेका अमेरिकी शिक्षक मार्क फोगेललाई रिहा गरी संयुक्त राज्य अमेरिका फर्काइएको छ।

 

फोगेलले लागुऔषध तस्करीको आरोपमा १४ वर्षको जेल सजाय भोग्दै आएका थिए, जसलाई अमेरिकी विदेश मन्त्रालयले ‘अन्याय’ भन्दै आएको थियो, उनी मस्कोवाट रिहा भए पछि ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट न्यानो स्वागत गरेका छन्  ।

 

‘म अहिले पृथ्वीको सबैभन्दा भाग्यमानी मान्छे जस्तो महसुस गर्छु,’ फोगेलले भने । अमेरिकी झण्डा लगाएको उनले ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूलाई धन्यवाद दिए, जसले उनको रिहाइमा वार्तालाप गर्न मद्दत गरेका थिए र उनीहरूलाई रिहा भए पछि नायक भनेका छन । उनले यस प्रक्रियामा आफ्नो भूमिकाको श्रेय रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि दिएका छन् ।

 

पेन्सिल्भेनियाका ६३ वर्षीय शिक्षक मार्क फोगेलले कोलम्बिया, मलेसिया, ओमान, मेक्सिको र भेनेजुएलालगायत विश्वभरका अन्तर्राष्ट्रिय विद्यालयहरूमा अध्यापन गर्दै आफ्नो करियरको धेरैजसो समय बिताएका थिए।

सन २०१२ देखि नै नी र उनकी श्रीमती मस्कोमा बस्दै आएका थिए, जहाँ फोगेलले एङ्ग्लो–अमेरिकन स्कूलमा इतिहास पढाउँथे, जसले अमेरिकी नागरिक र कूटनीतिज्ञहरूका छोराछोरीको अध्ययन चाहाना पूरा गर्दै आएका थिए । अमेरिकाले विशेषाधिकारको दुरुपयोग गरिरहेको भन्दै रुसले शिक्षकको कूटनीतिक हैसियत खारेज गरे पछि अमेरिका, बेलायत र क्यानाडाका दूतावासहरूले बिरोध जनाएका थिए । तर, धेरै जसो पश्चिमा देशहरूले भने शिक्षकको समर्थन गरेको थिए, विद्यालयमा शिक्षकको रूपमा उनीसँग कूटनीतिक उन्मुक्ति थियो।

 

सन् २०२१ को अगस्टमा गिरफ्तार हुनुअघि उनले अवकाश लिनुअघि अन्तिम वर्ष मस्कोमा पढाउने योजना बनाएका थिए। खासमा, फोगेललाई न्यूयोर्कबाट एक औंस (२८.३५ ग्राम) भन्दा कम भांगको साथ उडान गरेको भन्दै स्कोको शेरेमेटेभो एयरपोर्टमा हिरासतमा राखिएको थियो, जुन उनको परिवारले उनको पुरानो ढाड दुखाइको लागि चिकित्सकीय रूपमा सिफारिस गरेको जनाउँदै आएका थिए ।

 

तर, कडा लागूऔषध कानून भएको रूसले उसलाई आफ्नो सामानमा सावधानीपूर्वक कपडामा  भांग राखेको आरोप लगाएको थियो । तर, मस्कोको एक अदालतले पछि फोगेललाई ‘ठूलो मात्रामा लागूपदार्थको तस्करी’ को दोषी ठहरायो र उनलाई १४ वर्षको कडा श्रम सजायसमेत सुनाइएको थियो । उनलाई आफ्नो समय सेवा गर्नका लागि मस्कोबाट ४ घन्टा टाढा रिबिन्स्क पेनल कोलोनीमा पठाइएको थियो, जुन कोलनी दण्डितहरू कठोर जीवन र क्रूरताका लागि कुख्यात रहेको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖