• Tuesday 6th of October 2026

होटलमा एक जना मृत फेला


  • धनकुटा खबर
  • .

बैतडीको होटलमा एक जना मृत फेला परेका छन्।

बझाङको छबिस पाथिभेरा गाउँपालिका –७ बुडखोरीका हिक्मत धामी मृत फेला परेको प्रहरीले जनाएको हो।

उनी दशरथचन्द नगरपालिका–८ स्थित नेपाल–भारत सीमामा पर्ने झुलाघाट बजारको एक होटलभित्र सोमबरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

उनका अनुसार धामी भारतको अलमोडाबाट काम गरेर स्वदेश फर्किएका थिए। उनी सो होटलमा बास बसेका थिए। उनी मंगलबार बिहान साढे २ बजेको समय होटलको माथिल्लो तलाको कोठामा मृत फेला परेका हुन्।

प्रहरीका अनुसार उनको मृत्युको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖