• Tuesday 6th of October 2026

६ वर्षपछि ‘मेरी बास्सै’ मा धुर्मुस


  • धनकुटा खबर
  • .

हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ६ वर्षपछि ‘मेरी बास्सै’ मा फर्किएका छन्।

उनले आफ्नो फेसबुकमा केही तस्बिर राख्दै यसबारे जानकारी दिएका हुन्। उनी अभिनीत एपिसोडको केही दिनअघि छायांकन गरिएको हो।
उनले राखेका तस्बिरमा रामचन्द्र अधिकारी ‘काजी साब’, सुरविर पण्डित ‘दाह्री बा’ लगायतका कलाकार पनि देखिएका छन्।

सिरियलमा सीतारामले धुर्मुसकै गेटअपमा अभिनय गरेका हुन्। उनी सिरियलमा नियमित देखिन लागेका भने होइनन्। आफू अभिनीत फिल्म ‘लाज शरणम्’ को प्रचारका लागि धुर्मुस ‘मेरी बास्सै’ मा पुगेका हुन्।

यो एपिसोड प्रसारण हुन बाँकी छ। सीताराम ‘मेरी बास्सै’ बाटै धुर्मुसको रूपमा दर्शकमाझ परिचित बन्न पुगेका थिए। उनले अभिनय गरेको फिल्म ‘लाज शरणम्’ फागुन १४ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖