नारायणगढ–काठमाडौँ सडकखण्डमा शुक्रबार बिहान ११ बजेतिर रोयल इन्फिल्ड बाइक दुर्घटना भएको छ।
चट्टाने भीरमा डिभाइडरमा ठोक्किएपछि चालक त्रिशूली नदीमा खसेका छन्। दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्रको गोताखोर टोलीले चालकको खोजी र उद्दार कार्य भइरहेको छ।
चालकको पहिचान भने अझै स्पष्ट छैन, तर उनको झोलाबाट रोहित राना नामको परिचयपत्र फेला परेको छ।
