• Tuesday 6th of October 2026

राखी सावान्तले पैसा चोरेर भागेको रोजलिन खानको आरोप


  • धनकुटा खबर
  • .

मुम्बइ, ३ फागुन । ड्रामा क्वीन राखी सावन्तले कसैसँग कसरी गडबड नगरी बस्न सक्छिन् ? राखी सावन्त कुनै न कुनै गडबडी गरे प्रायः चर्चामा रहि रहन्छिन् नै ।  सामाजिक सञ्जालदेखि लिएर हेडलाइन्ससम्म राखीको बारेमा धेरै किसिमका कुरा सुनिन्छन् ।

 

यतिबेला राखी सावन्त आफ्नो तेस्रो विवाहलाई लिएर पनि चर्चामा छिन्, उनी पाकिस्तानीसँग बिबाह हुने चर्चाले अहिले बलिउड गर्माएको छ । उनी पाकिस्तानी एक्टर दाेदी खानसँग बिहे गर्ने हल्ला चलिरहेकाे छ । 

 

तर, यसैबिच रोजलिन खानले राखी सावन्तमाथि ठूलो आरोप लगाएकी छिन् ।

 

वास्तवमा रोजलिन खानले न्यूज २४सँग विशेष कुराकानी गरेकी थिइन । सो क्रममा रोजलिन खानले राखी सावन्त आफ्नी बहिनी शबाना खानको पैसा लिएर भागेको बताएकी छिन् । 

 

भारतीय समाचार संस्था न्यूज २४सँग कुरा गर्दै रोजलिन खानका अनुसार त्यो बेला शल्यक्रिया गरेर घरमा कोठामा आराम गरिरहेकी थिइन्, त्यहीबेला  उनकी बहिनीले बाहिर बरान्डामा बसेर फोनमा राखी सावन्तलाई गाली गरिरहेकी थिइन् ।

 

रोजलिनले थप भनि, ‘राखीले किन गाली गरेको भनेर मैले बहिनीलाई बोलाए ।  र मैले बहिनीलाई भित्रबाट सोधें कि के भइरहेको छ ? तब मेरी बहिनीले भनिन् कि यो राखीको कल हो र सबै कुरा उनको साथ भइरहेको छ, उनले राखीले पैसा चोरेको जनाइन् ।’

 

रोजलिनले अगाडी भनिन्, ‘त्यसपछि मैले बहिनीबाट फोन खोसेर लिए र राखीलाई भ्वाइस नोट पठाए र राखीले उनलाई ब्लक गरेर त्यस दिन नै देखि नै भागेकी छिन्।’

 

रोजलिनले राखी आफ्नी बहिनीको विशेष साथी भएको र आफ्नी बहिनीसँग सधै मिलेर बसेको तर अहिले छाडेर गएको जनाइन । रोजलिनका अनुसार राखीको काम नै हो कि पहिला उनी मानिसहरूलाई प्रयोग गर्छिन अनि टाढा जान्छिन् । तर पनि मानिसहरूले राखीका बारेमा सोच्छन् कि उनी पूर्णतया एक्लो छिन्। तर,राखीले उनको आरोपमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।

उल्लेखनीय छ कि रोजलिन खान यतिबेला चर्चामा छिन् । वास्तवमा रोजलिन खानले हिना खानको क्यान्सरको उपचारमा प्रश्न उठाएकी थिइन । रोजलिनले हिनाको उपचारमा प्रश्न उठाउने बित्तिकै उनी चर्चामा आइन् । तर, हिना खानले रोजलिनको प्रश्नको कुनै जवाफ दिएकी छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖