• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

वडासचिव कुट्ने वडा अध्यक्ष गुरुङ पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । वडासचिव नवीन भुसालको घाँटी अँठ्याउँदै चड्कन हान्ने तनहुँको बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका छन् । वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र शाहीले रातोपाटीलाई जानकारी दिए ।

उपरीक्षक शाहीका अनुसार वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न भने पनि सचिव भुसालले कार्यक्रम स्वीकृत नगरिएकाले र शीर्षक नखुलाई आएकाले विल स्वीकृत गर्न नसक्ने बताएका कुटपिट गरेका थिए ।

तेस्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिताको अनुमानित लागत तयार नगरिएकोले शीर्षक र खर्च नखुलाएका स्वीकृत गर्न नसक्ने बताएका थिए । सचिव भुसालले प्रहरीसँग घाँटी अँठ्याएर झापड हानेको जानकारी दिए छन् । तर, गाउँपालिकाका अध्यक्षले भने सामान्य वादविवाद भएको जानकारी दिएको उपरीक्षक शाहीले बताए ।

वडासचिवको घाँटी र गालामा निल डाम रहेको उनले जानकारी दिए । भुसाललाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖