• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युः प्रकृतिले दशैंमा घर आउँदा एक महिना अनलाइन क्लास गरेकी थिइन्


  • धनकुटा खबर
  • .

काठमाडौं– भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी बिटेक अध्ययनरत छात्रा प्रकृति लम्सालका बुवा नयाँ दिल्ली पुगेका छन्।

छोरीको घटना सुनेपछि बेहोस् भएकी आमालाई भैरहवा फर्काइएको छ भने बुवा सुनिल लम्साल नयाँ दिल्ली पुगेको बताइएको छ।

रुपन्देहीको भैरहवा बैंक कलौनीकी वासिन्दा प्रकृति सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थायी घर भएका सुनिल लम्सालकी छोरी हुन्।

भैरहवामा स्थायी घर भए पनि लम्साल परिवार काठमाडौंमा व्यवसाय गरेर छोराछोरी पढाउँदै आएका थिए। भैरहवाको घरमा सुनिलका बुबाआमा मात्रै रहेका छन्।

सुनिल पूर्वहुँदै सिलिगुढीको बाटोबाट बागडोरा हुँदै नयाँ दिल्ली पुगिसकेका छन्।

आमा बेहोस् भएपछि स्थलमार्गमार्फत भैरहवा लगिएको छ। प्रकृतीका बुवाआमा नै शव राखिएको अस्पतालमा पुगेको बुझिएको छ। मंगलबार मात्रै शवको पोष्टमार्टम गर्ने तयारी छ।

आफन्तका अनुसार दसै बिदामा घर आएकी प्रकृतिले एक महिना घरबाटै अनलाइन कक्षा लिएकी थिइन्। त्यसपछि कलेज फर्केकी उनी घर आएकी थिइनन्।

प्रकृतीले एक महिनाअघि नै आफूलाई ब्यालकमेल गरी टर्चर दिने काम भएको भन्दै कलेज प्रशासनलाई जानकारी गराएको साथीहरुले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖