• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

नेपाली छात्रा प्रकृति लम्साललाई आत्माहत्या गर्न बाध्य पार्ने युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं – भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साललाई सोही कलेजमा पढ्ने एक भारतीय युवकले मानसिक यातना दिएको खुलेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा नै भारतीय प्रहरीले यस्तो निष्कर्ष निकालेको हो ।

प्रकृतिलाई ब्ल्याकमेल र ह्यारेसमेन्ट गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् । उनलाई अहिले न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइरहेको छ ।

प्रकृतिको मोबाइल फोनसहित निजी सामानहरू प्रहरीले नियन्त्रणमा लिएको भुवनेश्वर(कट्टक प्रहरी आयुक्त सुरेशदेव दत्त सिंहले बताए । मोबाइललाई फरेन्सिक विज्ञान प्रयोगशालामा अनुसन्धानका लागि पठाइएको र त्यसको रिपोर्ट आएपछि थप तथ्यहरू फेला पर्ने उनको भनाइ छ ।

आयुक्त सिंहले सविस्तार भने, ‘हामीले आइतबार साँझ केआइआइटी विश्वविद्यालयमा कम्प्युटर साइन्स तेस्रो वर्ष अध्ययनरत छात्राले आत्महत्या गरेको विषयमा सूचना प्राप्त गर्‍यौँ। यो सूचनालाई लिएर एउटा केस दर्ता भएको छ ।

नेपालकी ती छात्रालाई सोही विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत एक युवकले मानसिक यातना दिइरहेको आरोप थियो । हामीले प्रारम्भिक अनुसन्धान गर्दा यो आरोप पुष्टि हुने प्रमाण भेट्यौंम् । युवकबाट एक प्रकारको मानसिक यातना भोगेकैले आत्महत्या गरेको हुन सक्ने देखिएको छ । त्यसैले हामीले युवकलाई पक्राउ गरेका छौँ । उनको स्वास्थ्य परीक्षण गरेर न्यायिक हिरासतमा पठाइएको छ ।’

कलेजमा नेपाली र भारतीय विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन सुरु गरेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको उनले बताए । अहिले स्थिति शान्तिपूर्ण रहेको उनको दाबी छ ।

की थिइन् । त्यस लगत्तै नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । उनीहरूलाई केही भारतीय विद्यार्थीले पनि साथ दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖