• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

लालझाडीमा हात्ती मृत फेला


  • धनकुटा खबर
  • .

कञ्चनपुर,फागुन ७। कञ्चनपुरको लालझाडीमा एक जंगली हात्ती मृत फेला परेको छ । कञ्चनपुरको लालझाडी गाँउपालिका वडा नम्बर ४ जाई र पर्सियाको बीच गाँउ सडक किनारमा हात्ती मृत फेला परेको हो।

बुधबार बिहान ७ बजे बृद्ध हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरी, वनका कर्मचारीलाई खबर गरेका थिए।डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिहारी चौधरीले जंगली हात्ती मृत फेला परेको बताए। उनले हात्तीको मृत्युको कारण बुझ्न प्राविधिक टोली घटनास्थल खटिएको बताए।

गत असोजदेखि जंगली हात्तीले लालझाडी क्षेत्रमा मानिसदेखि भौतिक सरचना अन्नबालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय त्रसित बनेका थिए। हात्ती लालझाडी देखी शुक्लाफाँटा निकुञ्ज कोरिडोर क्षेत्रमा मृत फेला परेपछि स्थानिय त्रसित बनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖