• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रकृति लम्साल मृत्यु प्रकरणमा नाम जोडीएका अदविक श्रीवास्त को हुन् ? (भिडियो सहित)


  • धनकुटा खबर
  • .

बुझ्नमा आए अनुसार अदविक प्रकृतीका साथी हुन् । भारतीय पत्रिका संवादका अनुसार, उनै अदबिकबाट प्रकृती दुर्व्यवहारको शिकार भएकी थिइन्।

सामाजिक सञ्जालमा भाइरल भएको थ्रेड अनुसार, लम्सालले मानसिक तनाव झेलिरहेको बताउँदै कलेज प्रशासनलाई गुनासो गरेकी थिइन्, तर प्रशासनले कुनै कदम नचालेको आरोप छ।अदबिकले दिएको मानसिक टचरकोबारेमा भन्दा पनि कलेजले उल्टै केटाको साथ दिएपछी पछिल्लो पटक प्रकृतीले यस्तो कदम चालेको हुन सक्ने जानकारहरु बताउँछन् ।

थ्रेडमा उल्लेख भएअनुसार, “उनले कलेजको अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (IRO) सँग भेटेर दुर्व्यवहारको विषयमा गुनासो गरेकी थिइन्। तर, प्रशासनले नजरअन्दाज गरेपछि उनलाई जोगिन मुस्किल भयो।” श्रीवास्तवको साथबाट प्रहरीले मोबाइल पनि बरामद गरेको छ।

श्रीवास्तवलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖