काठमाडौँ । कलाकार केदार घिमिरे ‘माग्ने बुढो’ले क्यारिकेचर पेसा पनि अब ‘लोपोन्मुख पेसा’ हुन सक्ने बताएका छन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ को प्रचारमा अदालतले रोक लगाएपछि उनले सो कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘क्यारिकेचर गर्ने पेसा पनि अब लोपोन्मुख पेसा होला जस्तो छ । नमिले फ्लप, मिले लफडा ।’
उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको इजलासले मंगलबार चलचित्रको प्रचारमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको थियो ।
कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतको आदेशले थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमले दायर गरेको रिटमा यस्तो आदेश गरेको हो ।
