• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

भारतको विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको स्वर्गद्वारीघाटमा यसरी गरियो अन्त्येष्टि


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको गृहजिल्ला रुपन्देही ल्याएर अन्त्येष्टि गरिएको छ ।

उनको शव गएराति १२ बजे रुपन्देहीको सिद्धार्थननगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनीमा ल्याइएको थियो । त्यसपछि स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिसक्दा आज विहीबार बिहान चार बजेको थियो ।

रुपन्देही प्रहरीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले अनलाइनखबरसँग भने, ‘आज बिहान करिब चार बजे अन्त्येष्टि सकियो । अहिले यहाँको स्थिति नर्मल छ ।’

डीएसपी कार्कीका अनुसार प्रकृतिको शव ओडिसाबाट गोरखपुरसम्म हवाईजहाजमा र गोरखपुरबाट घरसम्म गाडीमा ल्याइएको थियो ।

ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अड्विक श्रीवास्तवले दिने गरेको मानसिक यातनामा कजेल प्रशासन मौन रहनु प्रकृतिको मृत्युको कारण भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित दुई पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖