• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटनाः एक जनाको मृत्यु, दुई घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ कुँडुवाल खोलामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

धादिङबाट जन्ती पुर्‍याएर फर्किएको ना ४ ख ८८१७ नम्बरको बस बिहीबार बिहान ५ः४० मा मोडमा ब्याक गर्ने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा बसका गाडी साहु तेमाल-१ भैंसेपानीका ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

बस चालक मकवानपुर बागमती गाउँपालिका निवासी ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्। उनलाई तत्काल धुलिखेल अस्पताल पठाइएको छ । बस बिहेको लागि जन्ती पुर्‍याएर रिजर्भ सकेपछि बिहीबार बिहान नियमित क्यूमा लाग्न हिँडेको अवस्थामा दुर्घटनामा परेको हो ।

घाइते दुई जनालाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार बस मोडमा ब्याक गर्ने क्रममा अनियन्त्रित भइ दुर्घटनामा परेको अनुमान गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖