वीरगञ्ज । वीरगञ्जको घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति तोडफोड गर्ने र चोर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ति गत शुक्रबार राति तोडफोड गर्नुका साथै चोरीसमेत भएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार बेलुकी घण्टाघर क्षेत्रबाटै दुई जनालाइ पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज – ८ का १८ वर्षिइ अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षिय नितेश मल्लीकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सिसि टिभीमा रेकर्ड भएको दृश्यका आधारमा अनुसन्धान गर्दै जाँदा उत्तः घटनामा खत्री र मल्लिक संलग्न रहेको भेटिएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ ।
दुवै जनालाई .वडा प्रहरी कार्यालय वीर्तामा राखेर अभद्र व्यवहार कसूरमा मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कु्मार बिक्रम थापाले जानकारी दिए ।
