• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

‘नो केवलकार’ समुह र प्रहरीबीच झडप, ११ प्रहरीसहित १३ जना घाइते


  • धनकुटा खबर
  • .

ताप्लेजुङ- ताप्लेजुङमा ‘नो केवलकार’ समूह र प्रहरीवीच भएको झडपमा १३ जना घाइते भएका छन् ।

आन्दोलन अहिलेपनि जारी छ । घाइते लिन गएको रेडक्रसका कर्मचारी चढेको ट्याक्सीका चालक राजकुमार पौडेल, ११ सुरक्षाकर्मी र एक आन्दोलनकारी घाइते भएका हुन ।

‘नो केवलकार’ समूहले आयोजना गरेको मुक्कुमलुङ पदयात्राको अन्तिम दिन आन्दोलनकारी केबलकार बेस स्टेशन निर्माणतर्फ अगाडि बढेका थिए ।

निर्माणस्थल मै प्रबेशका लागि गरेको प्रयास र सुरक्षाकर्मीले रोक्न खोज्दा झडप भएको हो । प्रहरीले भीड नियन्त्रण गर्न ७ सेल अश्रुग्यास हानेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
घाइतेको उद्धारका लागि फुङलिङबाट रेडक्रस सभापति इन्द्रबहादुर गुरुङ र ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बू गाडी लिएर गएका थिए ।

आन्दोलनकारीको आक्रमणबाट गाडीको शिशा फुटेको र चालक घाइते भएको कमल लिम्बूले जानकारी दिनुभयो ।।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖