• Tuesday 6th of October 2026

बिरुवा उखेलेर फाल्ने महिला पक्राउ


  • धनकुटा खबर
  • .

चितवन – भरतपुर महानगरपालिका–३ काे शहीदचोक–बेलचोक सडक खण्डको बिरुवा उखाल्ने महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्ने महिला २८ वर्षीया खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिनुभयो । आज साेमवार दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राैनियारले गए राति सवा २ बजे आफ्नै पसल अगाडि रहेको बिरुवा उखालेर फालेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । घर अगाडि रुख ठूलो भई असर पार्ने भन्दै उनले बिरुवा उखेलेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गएकाे शुक्रवार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियानअन्तर्गत यो सडकमा बिरुवा रोपेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖