• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सुन्दरताका लागि केटीको पैताला काटेर बेर्ने चलन


  • धनकुटा खबर
  • .

कुनै समय चीनमा पैतला बेर्ने परम्परागत अभ्यास रहेको थियो।

सानो उमेर मै केटीको पैतला भाँचेर पैतलाको आकार परिवर्तन हुने गरी त्यसलाई दोब्राइन्थ्यो। चीनमा सोङ राजवंश अवधिमा वा त्यसको ठिक पहिले इस्वी संवत्s १० औँ शताब्दीतिर यस्तो परम्पराको सुरुवात भएको विश्वास गरिन्छ । त्यसपछिका शताब्दीमा यो परम्परा विस्तारित हुँदै गयो।

धनीमानी महिलाको प्रतिष्ठाका रूपमा सुरुमा यस परम्परालाई लिइयो किनभने उनीहरूले काम गर्नु पर्दैनथ्यो। पछि गएर समाजका अन्य वर्गले समेत यस परम्परालाई अपनाएका थिए। सुन्दरता र प्रतिष्ठासँग यस परम्परालाई जोडेर हेरिन्थ्यो। दोब्राइएको पैतलालाई ‘कमलरूपि पैतला’ भनिन्थ्यो।

इस्वी संवत्को २० औँ शताब्दीमा यस अभ्यासमाथि प्रतिबन्ध लगाइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖