• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यी हुन् आज रिहा हुने छ जना जीवित बन्धकहरू


  • धनकुटा खबर
  • .

हमास समूहले बन्धक हस्तान्तरण प्रक्रियालाई तीव्र बनाउने घोषणा गरेपछि इजरायलले युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत रिहा हुने भनिएका अन्तिम छ जना जीवित बन्धकहरूलाई शनिबार (आज) रिहा गर्ने तयारी गरेको छ। हमासले शुक्रबार यी बन्धकहरूको नाम पुष्टि गरेको थियो।

हमासले शुक्रबार यी बन्धकहरूको नाम पुष्टि गरेको थियो। छ जनामा ​​अवेरा मेंगिस्टु र हिशाम अल–सयद छन्, जसलाई क्रमशः २०१४ र २०१५ मा हमासले नियन्त्रणमा लिएको थियो।

अक्टोबर ७, २०२३ मा अपहरण गरिएका अन्य चार जनामा ​ ताल शोहम र नोभा महोत्सवबाट अपहरण गरिएका तीन युवाहरू ओमेर शेम–टोभ, ओमेर वेन्कर्ट र एलिया कोहेन रहेका छन्। यो सम्झौताअनुसार हमासले जीवित बन्धकहरूको बदलामा प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्न इजरायलसँग सहमति गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖