• Tuesday 6th of October 2026

डाक्टरलाई मुक्का प्रहार गर्ने वडाध्यक्ष एक लाख धरौटीमा रिहा


  • धनकुटा खबर
  • .

पोखरा । लमजुङ जिल्ला अस्पतालका डाक्टर सन्दीप अधिकारीलाई मुक्का प्रहार गर्ने वडाध्यक्ष ऋषि बस्नेत एकलाख धरौटीमा रिहा भएका छन् ।

वेसीशहर नगरपालिका-७ का वडाध्यक्ष बस्नेत सोमबार एकलाख धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चपाईले जानकारी दिए ।

जिल्ला अदालतको आदेशले डाक्टरलाई मुक्का प्रहार गर्ने वडाध्यक्ष बस्नेतलाई सोमबारनै एक लाख धरौटीमा छोड्न दिएको थियो ।

आमालाई उपचारका लागि अस्पताल लगेका वडाध्यक्ष बस्नेतले असोज ७ गते राति अस्पतालमै डाक्टर अधिकारीमाथि मुक्का प्रहार गरेका थिए । डाक्टरको उजुरीपछी उनलाई असोज ८ गते पक्राउ गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖