• Tuesday 6th of October 2026

साउथ सिनेमाकी हजुरआमा, जसले हजारभन्दा बढी फिल्ममा गरिन् काम


  • धनकुटा खबर
  • .

मुम्बइ । बलिउडको कुरा गर्ने हो भने हजुरआमाको भूमिका निर्वाह गरेर निकै चर्चा कमाउने अभिनेत्रीहरु धेरै नै छन्, जस्तो कि फरीदा जलाल देखि जोहरा सहगलसम्म, धेरै दिग्गज अभिनेत्रीहरू थिए, जसले बलिउडमा विशेष भूमिकामा आफ्नो छाप छाडेका छन् । 

तर, आज हामी टलिउडकी हजुरआमाको बारेमा कुरा गर्नेछौं। जसले १०० र २०० हैन्, १००० भन्दा बढी फिल्ममा काम गरेर धेरै प्रगति हासिल गरेकी छिन्। यीनी अरु कोही होइन, तेलुगु फिल्मकी चर्चित अभिनेत्री निर्मलम्मा हुन् । जसले एक हजारभन्दा बढी चलचित्रमा काम गरेकी छिन् । सबैभन्दा धेरै त उनले हजुरआमाको भूमिका निभाएकी थिइन् र त्यसैले मानिसहरूले उनलाई साउथ सिनेमाकी हजुरआमा पनि भन्ने गर्छन्।

निर्मलम्माको जन्म १८ जुलाई १९२० मा भएको थियो र उनले १९ फेब्रुअरी २००९ मा यो संसार छोडेकी थिइन् । उनले आफ्नो जीवनको अधिकांश समय चलचित्रमा समर्पित गरिन । धेरै दशकसम्म अभिनय गरिन र निर्माताको रूपमा अनुभव पनि कमाइन् ।

उनले आफ्नो करियर गरुड गर्भभंगम (१९४३) बाट सुरु गरेका थिइन् । उनले एक अभिनेत्रीको रूपमा आफ्नो करियर सुरु गरिन र त्यसपछि धेरै क्यारेक्टरको रूपमा सनसनी सिर्जना गरेकी थिइन । एउटी आमा, भाउजु, हजुरआमाको रुपमा उनले आफ्नो चरित्रमा अमिट छाप छोडेकी छिन् ।

निर्मलम्माले तेलुगुमा मात्र नभई तमिल, हिन्दी, मलयालम र कन्नडलगायत धेरै भाषाहरूमा काम गरिन्। र त उनले भारतको सबैभन्दा ठूलो अभिनेत्रीको रूपमा आफ्नो पहिचान बनाउन सफल भइन्।

निर्मलम्मा आफ्नो जीवनको अन्तिम क्षणसम्म फिल्ममा काम गर्ने व्यक्ति थिइन्। उनले अभिनयबाहेक निर्माताको रुपमा पनि काम गरेकी छिन् । उनले ‘चालकी मोगुडु चद्दस्तप्पु पेल्लम’ जस्ता चलचित्र बनाइन, जसमा राजेन्द्रप्रसाद नायक थिए । उनले आफ्नो करियरमा दुईपटक नन्दी अवार्ड पनि जितेकी थिइन् ।

आन्ध्र प्रदेशकी निर्मल्लम्माको व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा उनले एक प्रोडक्सन म्यानेजरसँग विवाह गरेकी थिइन् । तर, उनको कुनै सन्तान भने भएन । त्यसैले उनले कविता नामकी केटीलाई धर्मपुत्र ग्रहण गरिन । आज उनको एक नाती विजय मडाला छन्, जसले ‘पद्माता सन्ध्यारागम’ नामक चलचित्रमा काम गरेक थिए ।

निर्मलम्माको हिन्दी फिल्मको कुरा गर्दा उनले रामगोपाल वर्माको फिल्म रातमा काम गरेकी थिइन् । जुन फिल्म सन् १९९२ मा रिलिज भएको थियो, जसमा रेवती मुख्य भूमिकामा थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖