• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मस्कलाई ज्यान मार्ने धम्की


  • धनकुटा खबर
  • .

एजेन्सी । अर्बपति व्यवसायी एलोन मस्कलाई ज्यान मार्ने धम्की दिने अभियुक्त पक्राउ परेका छन् ।

अभियुक्त इन्डियाना राज्यका निवासी २८ वर्षीय पुरुष रहेको जनाइएको छ।डेभिड एलन जुन चेरी नाम गरेका उनले सामाजिक सञ्जालमार्फत मस्कलाई मार्ने धम्की दिएका थिए। अभियुक्तले समाजिक सञ्जाल एक्समा मस्कलाई हानि पुर्‍याउने धेरै ग्राफिक्सहरू सेयर गरेका थिए ।

एउटा पोस्टमा उनले लेखेका थिए, ‘तिमी (मस्क) अमेरिकी जनतालाई लुटिरहेका छौ। हामी तिम्रो आन्द्रा निकाल्नेछौं र तिम्रो लासलाई सडकमा घुमाउनेछौं।’धम्कीपछि चेरीको खाता निलम्बन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖