• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पलाई तालिबानले हतियार फिर्ता गर्दैनौँ, आँट भए काबुल आऊ भनेपछि…


  • धनकुटा खबर
  • .

तालिबान नेतृत्वको अन्तरिम सरकारले अमेरिकी सैनिकहरूले छाडेर गएको सैन्य उपकरण फिर्ता नगर्ने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती हतियार फिर्ता गर्नुपर्ने बताएपछि तालिबानका उच्च अधिकारीहरूले यसको जवाफ फर्काएका हुन्।

तालिबानका सेना प्रमुख कारी फसीउद्दिन फिटरातले ट्रम्पलाई चुनौती दिँदै भने, ‘यदि तिमीलाई आँट छ भने, आफैँ काबुल आएर हतियार लैजाऊ।’

यसअघि तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले पनि भनेका थिए, ‘हामीले युद्ध जितेर यी हतियार प्राप्त गरेका हौँ, अब तिनीहरू अफगानिस्तानकै सम्पत्ति हुन्।’

अमेरिकाले ७ अर्ब अमेरिकी डलर मूल्य बराबरका हतियार अफगानिस्तानमा भएको बताउँदै आएको छ।

सन् २००५ देखि २०२१ सम्म अमेरिकाले अफगान सेनालाई साँढे १८ अर्ब डलर बराबरको हतियार उपलब्ध गराएको थियो।

अगस्ट २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रूपमा फिर्ता भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖