• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पले किन घोषणा गरे भोलि एउटा ‘ठूलो रात’ हुनेछ भनेर


  • धनकुटा खबर
  • .

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि ‘एउटा ठूलो रात’ हुने घोषणा गरेका छन्।

उनले सोमबार आफ्नो ट्रुथ सोसल अकाउन्टमा भोलि एउटा ठूलो रात हुने उल्लेख गरेका हुन्।

ट्रम्पले लगातार दुई पोस्ट गरेका छन्।

पहिलो पोस्टमा उनले लेखेका छन्, ‘पुटिनको रुसलाई युक्रेनका कुनै पनि भूमि दिन हुन्न भन्ने एक मात्र राष्ट्रपति डोनाल्ड ट्रम्प हो।’

उनले अगाडि लेखेका छन्, ‘याद राख्नुहोस् कि कमजोर र प्रभावहीन डेमोक्र्याटहरूले आलोचना गर्छन् र फेक न्युजले उनीहरूले भनेका सबै कुरा खुसीसाथ प्रचार गर्छन्।’

उनले अर्को पोस्टमा लेखेका छन्, ‘भोलि एउटा ठूलो रात हुनेछ। म यसलाई जस्ताको तस्तै भन्नेछु।’

रुसी आक्रमणबाट पीडित युक्रेनका पक्षमा बेलायतमा युराेपेली मुलुकका नेताहरूको बैठक बसेको भोलिपल्ट सोमबार ट्रम्पले उक्त प्रतिक्रिया दिएका हुन्।

आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको समेत सहभागितामा लन्डनमा युक्रेनबारे युराेपेली मुलुकका नेताहरूले छलफल गरेका थिए। यस बैठकपछि जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको दाबी पनि गरेका छन्।

गत शुक्रबार खनिज सम्झौताका लागि भनेर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न ह्वाइट हाउस पुगेका थिए।तर त्यहाँ राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग उनको चर्काचर्की पर्‍यो।

त्यसलगत्तै जेलेन्स्की शनिबार बेलायतको लन्डन पुगेका थिए। जहाँ आइतबार युराेपेली देशका नेताहरूको बैठक भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖