• Saturday 31st of October 2026

युट्यूवरको संसद पास निलम्बन भएपछि रास्वपाले प्रधानमन्त्री ओलीलाई सोध्यो- तपाईं हिटलर बन्दै हो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर प्रवृत्तितर्फ अघि बढेको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै रास्वपा सांसद खनालले प्रधानमन्त्रीलाई प्रश्न सोधेको आरोपमा दुई युट्युबरको प्रेस पास निलम्बन गरिएपछि प्रधानमन्त्रीलाई हिटलर बन्दै हो भनेर प्रश्न गरेका छन् ।

‘के तपाईं हिटलर हो ? भनेर प्रश्न सोधेको आधारमा दुई जना पत्रकारको पास संघीय संसदले निलम्बन गरेछ। केही दिन अगाडि यही सत्तापक्षका माननीयले निर्वाचन जितेर आएको मानिस पनि हिटलर हुनसक्छ र भनेर प्रश्न सोध्नुभएको थियो। संसद सचिवालयलाई सचेत गराउनुभएको थियो। आज निलम्बनको खबर आयो,’ उनले भने।

केही दिनअघि काठमाडौंको दशरथ रंगशालामा भएको केपी ओली अप फुटबलको फाइनल हेर्न आएका एक दर्शक आयोजकबाट कुटिएको भन्दै उनले आपत्ति जनाएका छन् । विभिन्न घटनालाई हेर्दा ओली हिटलर प्रवृत्तिमा अघि बढेको टिप्पणी गरे ।

‘खुलामञ्चमा फुटबल म्याचमा प्रधानमन्त्रीको विरोध गर्दा कि मानिस कुटिन्छ, कि जेल हालिन्छ। अब मेरो पनि प्रश्न के प्रधानमन्त्रीज्यू तपाईं हिटलर बन्दै हो?,’ उनको प्रश्न थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖