• Saturday 31st of October 2026

केपी ओली कपको फाइनलमा आयोजकले दर्शक कुटेको भन्दै संसद्मा उठ्यो प्रश्न, राप्रपाले सोध्यो- प्रधानमन्त्रीज्यू यो कस्तो लोकतन्त्र ?


  • धनकुटा खबर
  • .

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा सञ्चालन भएको केपी ओली कप फुटबलको फाइनल खेलमा आयोजकले दर्शक कुटेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शाहीले फागुन १९ गते दशरथ रंगशालामा सामान्य नारावाजी गरेको आरोपमा आयोजक राष्ट्रिय युवा संघ नेपालले डोल्पाका एक युवकलाई हातपात गरेको बताएका छन् । कुटिएका दर्शक राजावादी रहेको प्रहरी स्रोतले जनाएको छ ।

‘रंगशालामा फागुन १९ गते भएको केपी ओली कप फुटबलको फाइनल खेलमा दर्शक दीर्घमा बसेको मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी गुण्डाहरुले मान्छे कुट्ने प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने, वा वा गृहमन्त्रीज्यू वा प्रधानमन्त्रीज्यू यो तिम्रो कस्तो लोकतन्त्र । यो कस्तो प्रजातन्त्रको अभ्यास गरिरहनु भएको छ । खुलमखुल्ला भन्नुस हामी पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो पुलिस चाहिँदैन भन्नुस हामी पनि तयार भएर बस्छौं । तर, विधिको शासन खोइ ? आज वीपी र मदनको सपना खोई ?’ उनले भने ।

सांसद शाहीले सरकारले राम्रो काम गर्दागर्दै नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङलाई कारबाही गरेर पदबाट हटाउन लागेको भन्दै आपत्ति जनाएका छन् । ‘कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलियो भनेर सडक र सदन दुवैबाट आवाज उठ्छ’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖