• Saturday 31st of October 2026

श्रम मन्त्रालय घूसको अड्डा बन्यो, डिजी र मन्त्रीसम्म पुग्दापनि कारबाही भएन :पूर्व श्रममन्त्री डीपी


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपाका कार्यबाहक सभापति समेत रहेका सांसद डोलप्रसाद अर्याल (डीपी) ले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूसको अड्डा बनेको टिप्पणी गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका अर्यालले सो टिप्पणी गरेका हुन् । ‘देशमा रोजगारी नपाएर युवाहरू दैनिक हजारौं विदेशिएको समाचार अब नयाँ रहेन । हामीसँग श्रम मन्त्रालय छ । मन्त्रालयको उद्देश्य भनेको रोजगार सिर्जना, युवाहरुलाई देशमा बस्ने वातावरण बनाउने हो, तर मन्त्रालयलाई कहिले बिचौलियाले चलाएको आरोप छ त ट्रेड युनियनका सदस्यहरूलाई विदेश घुमाएको आरोप’ सांसद अर्यालले भने ।

मन्तालय अन्तर्गतको ताहाचल श्रम कार्यालयमा प्रतिदिन ७५ लाख घूस सङ्कलन हुने जानकारी भए पनि मन्त्रीले र वैदेशिक रोजगार विभागका महाप्रबन्धकले कुनै वास्ता नगरेको बताए ।

‘श्रम मन्त्रालय घूसको अड्डा बनेको छ,’ सांसद अर्यालले भने, ‘ताहाचल कार्यालयमा प्रतिदिन ७५ लाख घूस सङ्कलन हुने र डिजी र मन्त्रीसम्म पुग्ने जानकारी हामीले पटक–पटक गराए पनि त्यो कार्य रोकिएको छैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖