• Saturday 31st of October 2026

सरकारी लेटरहेडमै पूर्वराजालाई ‘श्री ५’ को सम्बोधन गरेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र साहलाई श्री ५ को सम्बोधन गर्दै उनको शुभकामना सन्देशलाई स्वागत तथा एक्यबद्धता जनाएको भन्दै सरकारले पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

पर्यटन प्रवर्द्धकका रूपमा पोर्चुगलको लिजबनमा कार्यरत बास्तोलाले कार्यालयको लेटर हेडमै पूर्वराजा ज्ञानेन्द्रलाई श्री ५ सम्बोधन गरी उनको अभिव्यक्तिलाई समर्थन गरेका थिए। साथै उनले उक्त पत्र आफ्नो फेसबुकमा आइतबार राखेका थिए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको यस कार्यालयका प्रवर्द्धकको उक्त कार्य पदीय जिम्मेवारीविपरीत भएको मन्त्रालयको ठहर छ । साथै सरकारी लोगो तथा लेटरप्याडको समेत दुरुपयोग गरेकाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

‘उक्त सम्बन्धमा गैरजिम्मेवारपूर्ण कार्य गरेबापत पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम निजलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट तत्काल नहटाउनुपर्ने कुनै कारण भए २४ (चौविस) घण्टाभित्र यस मन्त्रालयमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।ु मन्त्रालयले सोधेको स्पष्टीकरणमा जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖