• Saturday 31st of October 2026

अमेरिकाले गर्यो नेपालबाट तस्करी गरिएका ४१ करोड नेपाली रुपैयाँ मूल्य बराबरका २० वटा पुरातात्त्विक सम्पदा फिर्ता गर्ने घोषणा


  • धनकुटा खबर
  • .

अमेरिकाले नेपालबाट तस्करी गरिएका ४१ करोड नेपाली रुपैयाँ मूल्य बराबरका २० वटा पुरातात्त्विक सम्पदा फिर्ता गर्ने घोषणा गरेको छ।

न्यूयोर्कस्थित जिल्ला न्यायाधिवक्ताको कार्यालयका अनुसार फिर्ता गरिने सम्पदामा १५औं शताब्दीका सैन्य गभर्नर गगनसिंह भारो र उनकी पत्नीहरुको चित्र, बुङ्गमतीबाट चोरी भएको बुद्धको मूर्ति, ढुंगाको देवी मूर्तिलगायत छन्।

भारतीय मूलका सुवास कपुर र उनको तस्करी सञ्जालमार्फत अमेरिका पुगेका यी सम्पदा फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖