• Saturday 31st of October 2026

माओवादी पनि ओली नेतृत्वको सरकारमा जाने ?


  • धनकुटा खबर
  • .

काठमाडौँ – माओवादी केन्द्र पनि केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने सुन्दा पत्यार नलाग्न सक्छ । तर राजावादीहरूको प्रदर्शनले झस्किएको माओवादी तीन मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ ।

माओवादीले चारवटा मन्त्रालय, केही संवैधानिक पद र सर्वोच्च अदालतको एकजना न्यायाधीश दाबी गरहेको छ । तर, कांग्रेस–एमाले भने तीनवटा मन्त्रालय दिन सहमत भएका छन् । राजावादीहरूको प्रदर्शनले झस्किएका गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउन विभिन्न प्रयास गरिरहेका छन् ।

बालुवाटार स्रोतका अनुसार, प्रतिक्रियावादीहरु सल्बलाएको भन्दै माओवादी समेत सत्ता गठबन्धनमा सामेल हुने कोसिस गरिरहेको छ । साथै कांग्रेस, एमाले र माओवादी लगायत गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिएको सन्देश दिन उनीहरूले संयुक्त भेला र प्रदर्शन पनि गर्ने प्रस्तावमा छलफल भइरहेको बुझिएको छ ।

छलफलमा सहभागी स्रोतका अनुसार, अहिले पावर सेयरिङका विषयमा सघन छलफल भइरहेको छ । अहिलेसम्मको छलफल अनुसार, माओवादीले भौतिक पूर्वाधार, ऊर्जा र पर्यटन मन्त्रालय पाउन सक्नेछ । संविधान संशोधन र जनजीविकाका विषयमा पनि संयुक्त रोडम्याप बनाउने गरी प्रमुख तीन दल गृहकार्यमा जुटेको स्रोतले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖