• Saturday 31st of October 2026

आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि आक्रमण


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियुको सचिवमा उम्मेदवारी दिएका दिपक देवकोटामाथि आक्रमण भएको छ ।

स्वतन्त्र विद्यार्थीहरुको समूहबाट उम्मेदवारी दिएका देवकोटालाई बुधवार क्याम्पसको खेल मैदानमा १०–१२ जना विद्यार्थीहरुले आक्रमण गरेका हुन् । अनेरास्ववियुमा आवद्ध निराजन भट्ट सहितको समूहले आक्रमण गरेको देवकोटा पक्षका विद्यार्थीहरुले दावी गरेका छन् ।

घटनाबारे क्याम्पस प्रमुख पदम अधिकारीलाई जानकारी गराउँदा उनले आफ्नो विषय नभएको भन्दै पन्छिएको देवकोटाको समूहका रेशम सापकोटाले रातोपाटीलाई बताए । आक्रमणमा संलग्नहरु विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दर्ता गर्न लागिएको सापकोटाले बताए । उनले भने– ‘जाहेरी लिएर प्रहरी वृत्त सिंहदरबारमा पुगेका छौँ ।’

आक्रमणकारीहरुले एकजना महिला विद्यार्थीलाई पनि आक्रमण गरेको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖