• Saturday 31st of October 2026

रेशम चौधरी र सिके राउत बीच एकता प्रक्रिया अन्तिम चरणमा, दुई जना अध्यक्षसहित चैत ९ गते घोषणा हुने


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ फागुन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच एकता प्रक्रिया टुङ्गिएको छ ।

नाउपा र जनमतको एकता घोषणा आगामी चैत ९ गते हुने तयारी रहेको छ । नउपाका संरक्षक रेशमलाल चौधरी र जनमतका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत) ले लामो समयदेखि एकताको प्रयास गरेका थिए ।

एकतापछि पार्टी अध्यक्ष राउत र नाउपाकी रञ्जिता श्रेष्ठ दुवै जना रहने बताइएको छ । यो परिस्थितिमा रेशम संरक्षकको भूमिकामा रहने छन् ।

यदि रञ्जिताले एकताको लागि नमानेको खण्डमा पेलेरै जान सहमति जुटेको छ । रञ्जिता नमानेको खण्डमा रेशम संरक्षक र सिके राउत एकल अध्यक्ष रहने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖