• Saturday 31st of October 2026

अचानक माधव नेपाल बिरामी,के भयो ?


  • धनकुटा खबर
  • .

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिरामी भएका छन्।

शुक्रबार उनको स्वास्थ्यमा असहजता देखिएका समाजवादीका नेताहरूले बताएका छन्।

स्वास्थ्यमा असहजता देखिएका कारण उनी समाजवादी मोर्चाको बैठकमा समेत सहभागी भएनन्।

नेकपा एकीकृत समाजवादीको आलोकनगरमा रहेको मुख्य कार्यालयमा मोर्चाको बैठक बसेको थियो।

नेपालको पार्टीबाट बैठकमा प्रमेश हमाल र महासचिव घनश्याम खतिवडा सहभागी भएका थिए।

अध्यक्ष नेपाल भने घरमा आराम गरिरहेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖