• Saturday 31st of October 2026

ज्ञानेन्द्र शाहीले प्रचण्डलाई भने : स्पष्टरूपमा भन्नुपर्दा, विदेशीको इशारामा तपाईं र तत्कालीन सरकारले मिलेर राजा वीरेन्द्रको वंशनाश गर्नुभयो


  • धनकुटा खबर
  • .

माननीय ज्ञानेन्द्र शाहीले प्रचण्डप्रति आक्रोश व्यक्त गर्दै लेखेका छन्, “प्रचण्डजी, २०५२ सालमा राजा वीरेन्द्रविरुद्ध ह’तिया’र कसले उठायो? तपाईंले उठाउनुभयो। दरबार ह’त्याका’ण्डपछि सबैभन्दा बढी फाइदा कसलाई भयो ? तपाईंलाई भयो।

जनताको समर्थन कसले प्राप्त गर्यो? तपाईंले प्राप्त गर्नुभयो। राजसंस्था हटाउन विदेशबाट M16, AK-47, LMG, SMG, SLR जस्ता आधुनिक ह’तिया’र कसले ल्यायो ? तपाईंले ल्याउनुभयो। मोबाइल फोन नभएको समयमा स्याटेलाइट फोन युरोपियन युनियनले कसलाई दियो ? तपाईंलाई। भारतमा लुकेर राजनीतिकरूपमा भड्काएर १७ हजार निर्दोष नेपालीको ह’त्या कसले गर्‍यो ? तपाईंले गर्नुभयो ।

निहत्था नागरिकलाई बाटोमा ब’म राखेर ह’त्या कसले गर्‍यो ? तपाईंले गर्नुभयो । विदेशीको इशारामा मन्दिरका पुजारी, गुम्बाका लामा कसले ह’त्या गर्‍यो ? तपाईंले गर्नुभयो । ३३ किलो सुन तस्करी कसले गर्‍यो ? तपाईंले गर्नुभयो । क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ? तपाईंले गर्नुभयो ।”

शाहीले थप लेखेका छन्, “स्पष्टरूपमा भन्नुपर्दा, विदेशीको इशारामा तपाईं र तत्कालीन सरकारले मिलेर राजा वीरेन्द्रको वंशनाश गर्नुभयो। तर, यदि यस्तै भड्किला र झूटा भाषण जारी राख्नुभयो भने नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्। त्यसैले भन्छु, अब नवीनतम सम्झौतामा आउनुहोस्। विदेशीको गुलामी जति गर्नुभयो, पुगिसक्यो। अब देशका लागि केही गर्नुस्।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖