• Saturday 31st of October 2026

मलाई भोट नदिनेहरू तपाईंलाई नजिताएर गल्ती गरिएछ भन्छन् : महेश बस्नेत


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) का नेता महेश बस्नेतले भक्तपुरको विकास स्यालको सिंह हराएजसरी हराएको टिप्पणी गरेका छन्।

पछिल्लो निर्वाचनमा भक्तपुर २ बाट नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित बस्नेतले आफू सांसद् हुँदा थालनी गरेको विकासका कामले निरन्तरता नपाएको बताएका छन्।

शनिबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘भक्तपुरबाट जितेका नेताले संसद्‌मा बोलेको सुनेको छैन। नयाँ बजेट ल्याउने कुरा त परै जाओस्। हाम्रो भौतिक विकास स्यालको सिंह हराएजसरी हरायो।’

अगाडि उनले भने, ‘म अहिले धेरै आफ्नो क्षेत्रमा डुल्ने गर्छु। तपाईंलाई नजिताएर गल्ती गरिएछ भन्छन् मलाई भोट नदिएकाहरूले पनि। मैले मलाई फरक पर्दैन भनेको छु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖