• Saturday 31st of October 2026

प्रधानमन्त्री ओलीलाई एमाले सांसद रघुजी पन्तको सुझाव : मन्त्रीहरु फेर्ने बेला आयो


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का सांसद रघुजी पन्तले सरकारका मन्त्रीहरुको कार्यसम्पादनमा प्रश्न उठाएका छन् । उनले काम गर्न नसक्ने मन्त्रीहरु फेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले पूर्वविशिष्टहरुलाई सुविधा दिने विषयमा सर्वोच्च अदालतको आदेशअनुसार सरकारले कानून बनाउने काम गरेको तर अहिलेको सरकार आउनुअभन्दा अघि नै उक्त कानूनबारे छलफल भएको बताए ।

यस्तोमा सरकारका मन्त्रीहरुले पूर्वविशिष्टहरुलाई सुविधा दिने तयारी छैन भनेर बाहिर बोल्नुभन्दापनि संसद्मा प्रश्न उठेपछि त्यसको जवाफ दिनुपर्ने पन्तको सुझाव छ । उनले भने,‘विशिष्टहरुलाई जथाभावी सुविधा नदेउ भनेर सर्वोच्च अदालतले आदेश दियो, मापदण्ड बनाएरमात्रै सुविधा देउ भन्यो । त्यो विद्येयकको ड्राफ्ट डेढ वर्षदेखि कानून मन्त्रालयमा चलिराखेको छ, यो सरकार आएको कति भयो ? यो त मन्त्रीजीहरुले बोल्नुपर्ने ? म पनि मन्त्रीहरुको पारा देखेर छक्क पर्छु । हिजो प्रकाशमानजीले पाल्पामा बोल्नुभएको छ, अहिले भैराखेको छैन भनेर ।

आएर यहाँ त्यही कुरा भने भयो नि संसद्मा । संसद्मा यो कुरा उठेपछि रेस्पोण्ड त गर्नुपर्छ । भन्नुपर्यो नि, कसरी बनेको हो ? किन बनेको ? भनेर त भन्नुपर्यो नि । मन्त्रीहरुले कानमा तेल हालेर बस्न मिल्छ ? म प्रधानमन्त्रीलाई पनि आग्रह गर्न चाहन्छु, जनताको चासोलाई सम्बोधन गरौं । भावनालाई सम्बोधन गरौं । उहाँको क्याविनेटले राम्ररी जनताको सेवा गर्न सकेको छैन भने मन्त्रीहरु फेर्ने बेला आयो । प्रधानमन्त्रीजीले पनि निश्चय पनि मुल्यांकन गर्नुभएको छ ।’

नेपालले यो १५ वर्षमा पाएको उपलब्धि दक्षिण एशियामा कम नभएको कुरा तथ्यांकले भनेको उनको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖